खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एभरेस्ट स्कुलको उत्सवमा सांस्कृतिक भेषभूषा प्रदर्शन अभिभावक भन्छन “एभरेस्ट नै उत्कृष्ट स्कुल रहेछ”


 संवाददाता   February 11, 2020   807 जनाले पढ़िसके




एभरेस्ट स्कुलको उत्सवमा सांस्कृतिक भेषभूषा प्रदर्शन
अभिभावक भन्छन “एभरेस्ट नै उत्कृष्ट स्कुल रहेछ”
मोरङ ।

मोरङ पथरीशनिश्चरे नगर-१, स्थित एभरेस्ट आभासीय माविले सांस्कृतिक मनोरञ्ज, पुरस्कार वितरण तथा पूर्ब विध्यार्थीलाई सम्मान गरेर आज (माघ २७)आफ्नो ३४ औं बार्षिक उत्सव मनाएको छ ।
एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसईई तथा ११-१२ कक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको विध्यलय हो ।
स्कुलले बार्षिक उत्सवको अवसरमा विधार्थीहरुद्वारा र्‍याम्प मार्फत विभिन्न जातीय भेषभूषा र संस्कृति प्रस्त्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा अभिभावक डा. उमेश गुरागाईले पथरी आएर स्कुल छ्नौट गर्ने क्रममा एभरेष्ट उत्कृष्ट भएको जानकारी पाएर नानिलाई भर्ना गरेको बताए ।
कार्यक्रमको प्रमुख अतिथी नेपाल जेसीजको अध्यक्ष अशोक शंकरले छोराछोरीका लागि शिक्षामा लगानी गरे भविश्य सुरक्षित हुने बताए । एभरेस्टको अभिभावकसमेत रहेका शंकरले शिक्षकहरुलाई अन्तर्राष्ट्रिय तहको तालिम दिए अझ राम्रो हुने बताएका छन ।
विध्यालयको निर्देशक रविन कन्दङवा सबै विध्यार्थीसंग क्षमता हुने भएकोले अभिभावकले चिन्नु पर्ने बताए । कन्दङ्वाले मानिसको दु:खमा मात्र होस खुल्ने भएकोले त्यो महसुस गराउनु पर्ने बताए । जीवन विश्वविध्यलय भएकोले त्यहिबाट ज्ञान हाँसिल गर्न अभिभावकले सु:ख भन्दा विध्यार्थीलाई यथार्थ जानकारी गराउनु पर्ने निर्देशक कन्दङ्वाले बताए ।
आफ्नो भूपु विधार्थी पथरी जेसीजको पूर्व अध्यक्ष व्यबसायी टिकाविक्रम चौहानलाई सम्मान गरिएको कार्यक्रम अभिभावक संघका अध्यक्ष पर्सु मिश्रको सभापतित्वमा शिक्षक वेधनिधी खनालले सन्चालन गरेका थिए ।
कार्यक्रममा हरेक कक्षाको प्रथम, दोश्रो, तेश्रो विधार्थीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कार र विधार्थीहरुद्वारा लाइभ वाध्यवादनमा गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।