खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



हात्तिपाईले बिरुद्धको औषधि सेवन कार्यक्रममा पथरीशनिश्चरे नगरमा आज तेस्रो दिन ८ हजार बढिले औषधि खाए !


 संवाददाता   February 11, 2020   403 जनाले पढ़िसके




हात्तिपाईले बिरुद्धको आम औषधि सेवन कार्यक्रममा पथरीशनिश्चरे नगरमा आज तेस्रो दिन ८ हजार बढिले औषधि खाए
एलिना दियाली
हात्तिपाईले बिरुद्धको औषधि खुवाउने अभियान मोरङ्गको पथरीशनिश्चरेमा पनि जारि रहेको छ ।शुक्रबार नगरपालिका परिसरमा नगर प्रमुख दिलिप कुमार राईले औषधि खाएर उद्घाटन गर्नु भएको हात्तिपाईले बिरुद्धको आम औषधि सेवन अभियान अन्तरगत शनिबार वडा स्तरमा बुथ राखेर औषधि खुवाईएको थियो भने आईतबारबाट नगरका घरघरमा विध्यालयमा गएर औषधि खुवाउन सुरु गरिएको थियो । अभियानको तेश्रो दिन आज ८ हजार १ सय १२ जनाले औषधि सेवन गरेसँगै २३ हजार बढिले औषधि सेवन गरेका छन । अभियानको तेश्रो दिन आज( सोमबार) वडा नम्बर १ मा १ हजार १ सय ५४, २ मा ५ सय ४८ , ३ मा ४ सय ८८ , ४ मा ७ सय ८७ , ५ मा ७ सय ९१, ६ मा १ हजार ३ सय ७४ , ७ मा ४ सय ८३, ८ मा १ हजार ११, ९ मा ८ सय ६० र १० नम्बर वडामा ६ सय १६ जनाले औषधी सेवन गरेको स्वास्थ्य संयोजक मुरारी आचार्यले । जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेकोमा दोश्रो दिन आईतबार ९ हजार २ सय ४६ जनाले औषधि सेवन गरेका छन।
माघ २५ गते शनिबारबाट वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए ।
अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ । औषधि सबैले खाएमा मात्र हात्ति पाईले मुत्त नगर बनाउन सकिने भन्दै औषधि खानका लागि सबैलाई आव्हान गरिएको नगर प्रमुख राईले बताउनुभयो । कार्यक्रममा पथरी नगर अस्पतालका डा. सावन मेहताले हात्तिपाईले बिरुद्धको औषधि संसारभर एकै प्रकारको रहेकोले औषधि प्रतिको भ्रम हटाएर सवैले औषधि सेवन गर्न आग्रह गर्नुभयो ।
नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले मानिसको शरिरमा रोगका जिवाणु भएमा औषधि सेवन गरेपछि वाक वाकी हुने,रिङ्गटा लाग्ने,टाउको दुख्ने हुनु समान्य रहेको भएको भन्दै नआत्तिन आग्रह गर्नुभयो ।सरकारले यो वर्ष प्रदेश एकको मोरङ्ग,झापा र धनकुटा सहित देश भरका १३ वटा जिल्लामा हात्तिपाईले बिरुद्धको औषधि खुवाउने अािभयान सञ्चालन गरिरहेको छ ।
००००००००००००००००००००००००००००००००००००००००००००००००