खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



लायन्स क्लब पथरीद्वारा ५ सय थान स्टेशनरि उपहार !


 संवाददाता   February 11, 2020   441 जनाले पढ़िसके




लायन्स क्लब पथरीद्वारा ५ सय थान स्टेशनरि उपहार
एलिना दियाली
लायन्स क्लब पथरीले एक बिध्यालयका बिद्यार्थीहरुको लागि मंगलबार स्टेशनरि उपहार स्वरुप प्रदान गरेको छ। एकपछि अर्को सामाजिक कार्यमा सक्रिय रहेको क्लबले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ मा अवस्थित जनकल्याण आधारभुत बिध्यालयका बिद्यार्थीलाई ५ सय थान कपि र १५० थान कलम वितरण गरेको क्लबका अध्यक्ष लायन रोशन बुढाथोकीले बताउनु भयो।वडा नम्बर ४ का अध्यक्ष गोबिन्द बहादुर भण्डारी को प्रमुख आतिथ्यता साथै शिक्षक महासंघ नगर अध्यक्ष अर्जुनकुमार बुढाथोकी र स्थानिय सामाजिक ब्यत्तिहरुको उपस्थितिमा बिध्यालयलाई कपि र कलम हस्तान्तरण गरिएको हो। सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष बुढाथोकीले अति आवश्यकता परेको बिद्यार्थीहरुलाई राहत पुग्ने लक्ष्यका साथ स्टेशनरि वितरण गरिएकोले बिध्यालयलाई अति आवश्यक परेका बिद्यार्थीको पहिचान गरि हस्तान्तरण गर्न आग्रह गर्नु भयो।कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ४ का अध्यक्ष गोबिन्द बहादुर भण्डारीले गत बर्ष ४ नम्बर वडा कै सिदार्थ प्राथमिक बिध्यालयमा स्टेशनरि गरेको स्मरण गराउदै यस बर्ष नि सोही कार्यलाई निरन्तरता दिदै लायन्स क्लबले जनकल्याण आधारभुत बिध्यालयलाई गरेको कार्यको खुलेर तारिफ गर्नु भयो। समाग्री ग्रहण गर्दै बिध्यालयका प्रध्यानध्यापक देउमान लिम्बुले लायन्सले गरेको कार्यले आफ्नो बिध्यालयका बिद्यार्थीलाई अध्ययनको लागि सहज हुने बताउदै लायन्स क्लबलाई धन्यवाद ज्ञापन गर्नु भयो।