खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पथरी बहुमुखीको खेलकुद सप्ताह सम्पन्न !


 संवाददाता   February 9, 2020   437 जनाले पढ़िसके




पथरी बहुमुखीको खेलकुद सप्ताह सम्पन्न !
एलिना दियाली
मोरङको पथरीशनिश्चरे (१ मा अवस्थित पथरीबहुमुखी क्याम्पसको खेलकुद सप्ताह २०७६आईतबार सम्पन्न भएको छ ।क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि विभिन्न बिधामा बिजयी बिधार्थीलाई पुरस्कार वितरण गरे संँगै सदाका वर्ष झै यो वर्षको खेलकुद सप्ताह सकिएको हो ।
स्ववियुको आयोजना र पथरी बहुमुखी क्याम्पसको सहकार्यमा माघ १९ गतेदेखि २६ गतेसम्म चलेको खेलकुद सप्ताहमा ब्याटमिन्टन,
टेबलटेनिस,छेलो,चेस,भलिबल,टाईगर फाइप,डोरी तान्ने लगायतका खेलहरु भएका थिए। सप्ताहमा भउको छेलो हान्ने प्रतियोगितामा छात्रतर्फ केसर राई, प्रविन आचार्य र कुमार राई क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए भने छात्रा तर्फबाट सीमा राई, सुस्मिता कार्की र सुलोचना सुवेधि क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए।
टेबलटेनिस प्रतियोगितामा छात्रबाट अनुश खड्का र अमृत मगर क्रमशः प्रथम र द्वितिय बने भने छात्राबाट मनिका गुरुङ र सुलोचना सुवेदी क्रमशः प्रथम र द्वितिय बनेका थिए।
डवल ब्याडमिन्टन प्रतियोगितामा छात्र तर्फबाट सनम अधिकारी र अमित चौधरी विजयी भएका थिए भने अनिमेश थापा र जीवन खत्री उपविजेतामै सिमित रहे भने छात्रा तर्फबाट आरिया बस्नेत र गीता खड्का बिजेता बन्दा सीमा राई र मनिका गुरुङ उपविजेता भएका थिए ।
त्यस्तै डोरि तान्ने अन्तर संकायका छात्रबिचको प्रतियोगितामा दोस्रो बर्ष प्रथम, चौथो बर्षले दोश्रो स्थान हासिल गरेको थियो भने टाईगर फाइप प्रतियोगितामा दोस्रो बर्षले प्रथम स्थान हात पार्न सफल रहदा प्रथम बर्षले दोश्रो स्थान हात पारेको थियो।
साथै अन्तर संङकाय भलिबल प्रतियोगितामा दोस्रो बर्षले प्रथम स्थान हासिल गर्दा तेस्रो बर्षले दोश्रो स्थान हात पार्न सफल भएको थियो।
त्यस्तै गरि चेस प्रतियोगितामा सन्जय परियार र मनकुमार लिम्बू क्रमशःप्रथम र दोस्रो भएका थिए।बिजयी सम्पुर्ण बिधार्थीलाई प्रमुख अतिथि क्याम्पस सञ्चालक समिति अध्यक्ष मोहन कुमार न्यौपाने,क्याम्पस प्रमुख चेतन पौडेलले मेडल तथा प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो ।कार्यक्रमा बिजयी बिधार्थीलाई बधाई दिदै प्रमुख अतिथि न्यौपानेले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले क्याम्पसले प्रत्येक वर्ष खेलकुद सप्ताह आयेजना गरिएको बताउनु भयो ।सहायक क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्ववियु सचिव रोशन पराजुलिले सञ्चालन गरेका थिए ।
०००००