खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



हातीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रमको वडा स्तरमा उद्घाटन !


 संवाददाता   February 8, 2020   365 जनाले पढ़िसके




हातीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रमको वडा स्तरमा उद्घाटन !
एलिना दियाली !
हातीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रमको शनिबार बाट वडा स्तरमा उद्घाटन भएको छ । वडा नं. २ मा अभियान को सो वडाका वडा अध्यक्ष याम प्रसाद गुरागाईले औषधि सेवन गरि उद्घाटन गर्नु भयो।कार्यक्रम उद्घाटन गर्दै उहाँले सबैलाई औषधी खान आवहन गर्नु भयो।हातीपाईले रोग विरुद्धको औषधी सेवन गर्ने महा अभियान अन्तरगत २ नम्बर वडामा ४१२ जनाले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेको स्वास्थकर्मी सुरेन्द्र कार्किले जानकारी दिनु भयो।अभियान अन्तरगत वडा नं. २ बोक्रेचोकको खोप केन्द्र, लिचिडाडा र नगरअस्पताल गरी ३ स्थानमा स्वास्थटोलीले औषधि खुवाएका थिए।मोरङको पथरीशनिश्चरे नगरपालिकाका १० वटै वडामा शनिबार बाट हातीपाईले रोग विरुद्धको औषधी सेवन गर्ने महा अभियानको सुरु भएको हो।सरकारले यो बर्ष हात्तीपाईलेको उच्च जोखिम रहेका प्रदेश एकका मोरङ,झापा र धनकुटा जिल्ला सहित १३ वटा जिल्लामा औषधि सेवन अभियान संचालन गरिरहेको छ।आज वडा स्तरमा मा बुथ राखेर औषधि खुवाईको भएपनी छुटेकालाई भोलिबाट घर घरमा स्वास्थकर्मी पठाएर औषधि खुवाउने स्वास्थ संयोजक मुरारी आचार्यले बताउनु भयो।