खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न,पत्रकार काफ्ले सम्मानित !


 संवाददाता   February 8, 2020   292 जनाले पढ़िसके




लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न,पत्रकार काफ्ले सम्मानित !
एलिना दियाली
मोरङको पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले १७ औँ स्थापना दिवस मनाएको छ।संस्था ले शनिबार एक कार्यक्रम को आयोजना गरि आफ्नो १७ औं स्थापना दिवस मनाएको हो।संस्थाले नगरमा रहेर सहकारीको समाचार सम्प्रेषण गरि स्थानीय जनतालाई सुसुचित गरि संस्थालाई योगदान पु¥याउने पत्रकारहरुका लागि स्थापना गरेको पत्रकारीता पुरस्कारबाट एभीन्युज टेलिभिजनका संबाददाता गोपाल काफ्लेलाई नगद रु ५ हजार १ रुपैयासहित सम्मान गरेको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले लर्ड बुद्ध बचत तथा ऋण सहकारीले नगरमा रक्तदान,वृद्ध वृद्धा सम्मान एकल महिला सम्मान कार्यकम लगायत संस्थाले सामाजिक कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नु भयो।उहाँले सहकारीमा थोरै थोरै दैनिक गरेको बचतले आपतकालीन अवस्था सहज भएको बताउनु भयो।साथै उहाँले नगरका सहकारीहरु नियम बिपरित संचालित रहेको पाए अनुगमन गरि कारबाही गर्ने बताउनु भयो। संस्थाले एकल महिला राहत बितरण कार्यक्रम अन्तर्गत ५ जना एकल महिला नगद रु २ हजार प्रदान गरेको थियो भने ज्येष्ठ सेयर सदस्य ७२ बर्षिय कृष्ण माया राईलाई सम्मान गरेको थियो ।साथै सहकारीले स्थापना दिवसको अवसरमा ५ पिन्टभन्दा बढी रक्तदान गर्ने संस्था जनता मा.वि, समृद्धि कृषि फार्म, नमस्ते बुद्ध इन्भेष्टमेन्ट कम्पनिलाई समेत सम्मान गरेको थियो।