खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



हातीपाईले रोग बिरुद्धको औषधी मैले त खाए, अब खानेपालो तपाईको – नगर प्रमख दिलिप कुमार राई


 संवाददाता   February 7, 2020   345 जनाले पढ़िसके




राजकुमारी तामाङ
मोरङको पथरीशनिश्चरे नगरपालिकाले आजबाट हातीपाईले रोग विरुद्धको औषधी सेवन गर्ने महा अभियानको सुरुवात गरेको छ । सो अवसरमा नगरपालिकाको प्रमुख दिलिप कुमार राईले औषधी सेवन गरेर सूरुवात गरिएको हो ।

नगरपालिकाका जेष्ठ नागरिक,समाजसेवी,बुद्धिजिवी र पत्रकारहरु लगाायतले आज औषधी सेवन गरेका छन् । सो अवसरमा नगरप्रमुखले राईले हातीपाईले रोग बिरुद्धको औषधी मैले त खाए, अब खानेपालो तपाईको भन्दै औषधी खानका लागि आवहान समेत गरेका छन् ।

भोली अर्थात शनिबार बाट प्रदेश नम्बर १ का ३ वटा जिल्लामा खुवाईदै छ । प्रदेश नम्बर १ को ३ जिल्ला ( झापा , मोरङ र धनकुटा) मा हातीपाईले रोग बिरुद्धको औषधी खुवाउन लागिएको हो । यस अभियान अन्र्तगत मोरङको पथरीशनिश्चरे नगरपालिकाले पनि भोली देखि वडा वडामा अभियान सञ्चालन गर्दैछ ।

यस रोगको प्रभाबित १३ प्रतिशत देखिएपछि सर्बेक्षण तथा अध्ययनका आधारमा त्यसलाई १ प्रतिशतमा झार्नको लागि नवौँ पटक पनि औषधी खुवाउने कार्यक्रम गर्न लागिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

मोरङमा १० लाख ८७ हजार ७ सय २१ जनसंख्या रहेकोमा औषधी खुवाउनु पर्ने जनसंख्या ९ लाख २४ हजार ५ सय ६२ रहेको प्रदेश स्वास्थ्य साखाले जनाएको छ ।
हातीपाइले रोगको औषधी ६ वर्ष सम्म खुवाए पुग्ने भनिएता पनि बिगत ९ वर्ष देखि नगरमा खुवाईदै आइरहेको छ । सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य
रहेको छ ।