खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एनप्याबसन पथरीशनिश्चरे नगर अध्यक्षमा ब्राईट सन राईजका थिर प्रसाद आचार्य निर्वाचित !


 संवाददाता   February 7, 2020   749 जनाले पढ़िसके




एनप्याबसन पथरीशनिश्चरे नगर अध्यक्षमा ब्राईट सन राईजका थिर प्रसाद आचार्य निर्वाचित !
एलिना दियाली
एनप्याब्सन पथरीशनिश्चरे नगरको अध्यक्षमा ब्राईट सन राईजका प्रेन्सिपल थिर प्रसाद आचार्य निर्वाचित हुनु भएको छ। शुक्रबार भएको पहिलो नगर अधिबेशन बाट आचार्य अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको हो।त्यस्तै गरि उपाध्यक्षमा निशाम ईंग्लिश बोर्डिङ स्कुलका चन्द्र बहादुर राई,सचिबमा बाल नमुना बिध्यामन्दिर बोर्डिङका प्रेन्सिपल सरोज तिम्सिना निर्वाचित हुनु भएको छ।त्यस्तै गरि सह सचिबमा कृतिपुर एकेडमीका प्रेन्सिपल पुकार राई,कोषाअध्यक्षमा नवीन स्टार स्कुलकि शुशिला मगर,साथै सदस्यमा सिदार्थ एकेडमीका बिनोद तामाङ र बाल सृजना बोर्डिङ चक्र बहादुर राई निर्वाचित हुनु भएको छ। कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नेपाल शिक्षक महासंघ का केन्द्रिय उप महासचिव दिननाथ तिम्सिनाले नव निर्वाचित पदाधिकारीलाई बधाई व्यक्त गर्दै यथास्थितिवादी शिक्षा नभैई सिपमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याउँनु भयो।साथै उहाँले सरकार ले ल्याउन लागेको शिक्षा नीति निजि बिध्यालयको हितमा हुन नसक्ने तर्फ ईङ्गित गर्दै सचेत रहन आग्रह गर्नु भयो।एन प्याब्सन पथरीका निवर्तमान अध्यक्ष कलम खरेलले निजि बिध्यालयको हक अधिकारलाई स्थापित गर्न एन प्याब्सनको स्थापना गरेर कार्य गरिरहेको बताउनु भयो।पथरीशनिश्चरे एन प्याब्सनमा ब्राइट सनसाइन, निसान एकेडेमी ,बाल नमुना विद्या मन्दिर, किर्तिपुर एकेडेमी , नवीन स्टार, बाल सृजना , सिद्दार्थ एकेडेमी , साङ्गृला एकेडेमी ,ग्लिम एकेडेमी , मिसन एकेडेमी , चिनारी एकेडेमी , चौविसे एकेडेमी , ज्योति विकास विद्यालय र बाल आदर्श शिक्षा मन्दिर आवद्ध रहेका छन। कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय उपाध्यक्ष साथै प्रदेश एक अध्यक्ष जय बहादुर श्रेष्ठको समेत आतिथ्यता रहेको थियो।