खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लिम्बु समुदायका हेन्डसम, चुलबुले अनि उत्कृष्ट मोडल सन्जिब लिम्बु र नायिका रिस्ता बस्नेतको म्युजिक भिडियो बजारमा(भिडियो सहित)


 संवाददाता   February 7, 2020   1699 जनाले पढ़िसके





लिम्बु समुदाय भित्रका हेन्डसम, चुलबुले अनि उत्कृष्ट मोडल सन्जिब लिम्बु र नायिका रिस्ता बस्नेतको म्युजिक भिडियो बजारमा(भिडियो सहित)
एलिना दियाली
लिम्बू समुदायका अहिले सम्म कै सबै भन्दा हेन्सम अनि उत्कृष्ट मोडेल सन्जिब लिम्बुले फास्ट नम्बर डान्सिङ भिडियो सार्वजनिक गर्दै सबै आदरणीय महानुभावलाई दृश्रावलोकन तथा SHARE अनि Like / Comment गरिदिन अपिल गरेका छ्न। चलचित्र शान्तिमा कुशलता पुर्वक अभिनय गरि सकेका लिम्बू ले लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो?मा उत्कृष्ट अभिनय गरेका हुन।गीतको भिडियोमा लिम्बू संगै चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत को अभिनयलाई देख्न सकिन्छ।पिरती नाप्ने के ले हो? बोलको रोमान्टिक डान्स गीतको भिडियोमा सुन्दर चुलबुले सन्जिब र रिस्ताको कम्बिनेसन लोभलाग्दो रहेको छ। सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले दर्शकको ध्यान खिच्छ,रफ/टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ। लोकप्रिय गायक ई.बीरेन्द्र श्रेष्ठ साथै माया लुकि लुकि कि चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको गितमा संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेका छन् । गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ । सुरेन्द्र बसेलेको कोरियोग्राफी रहेको पिरती नाप्ने के ले हो? बोलको रोमान्टिक डान्स गीतको भिडियोलाई चर्चित निर्देशक निशान घिमिरेले डिरेक्सन गर्नुभएको हो ।आफ्नो अनुभव र मिहिनेत अनि उत्कृष्ट टिमको कारण गीत अनि भिडियो राम्रो बनेकोले भिडियोलाई दर्शक श्रोताले मन पराउने रिस्ता र सन्जिब दुबै बताउँछन्। त्यसै गरि लोकपप क्याटेगोरिमा ओएस नेपाल म्युजिकल अवार्ड २०१८, २०१९ र अन्य विभिन्न अवार्ड समेत पाईसक्नु भएका गायक ई. बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईंको स्वर रहेकोले श्रोता ले मन पराउनेमा निर्माण टिम बिश्वस्त देखिन्छ।