खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



माया लुकि लुकिका गायिका टिकाको अर्को दमदार गीत पिरती नाप्ने के ले हो?’ साथमा गायक ई. बीरेन्द्र श्रेष्ठ


 संवाददाता   February 6, 2020   659 जनाले पढ़िसके




माया लुकि लुकिका गायिका टिकाको अर्को दमदार गीत पिरती नाप्ने के ले हो?’ साथमा गायक ई. बीरेन्द्र श्रेष्ठ
एलिना दियाली
लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो? सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र चलचित्र शान्तीका नायक सन्जिब थेबे लिम्बुलाई फिचर्ड गरिएको छ।लोकप्रिय गायक बीरेन्द्र श्रेष्ठ साथै चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको गितमा संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेका छन् । गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ । सुरन्द्र बसेलेको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ । रफ/टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ।
पिरती नाप्ने के ले हो? बोलको रोमान्टिक डान्स गीतको भिडियोलाई चर्चित निर्देशक निशान घिमिरेले गर्नुभएको हो । ताप्लेजुङको सिनाममा जन्म भै हङ्गकङ्गमा बसोबास गर्दै आयेका बसन्त थेबेको लगानीमा निर्मित म्युजिक भिडियो र गीतलाई दर्शक श्रोताले मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ ।

भिडियोमा हेर्नुहोला