खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राष्ट्रिय युवा संघ मोरङ्ले पायो पुर्णता,जिल्ला अध्यक्षमा नवीन पौडेल, सुची सहित !


 संवाददाता   February 5, 2020   1867 जनाले पढ़िसके




राष्ट्रिय युवा संघ मोरङ्ले पायो पुर्णता,जिल्ला अध्यक्षमा नवीन पौडेल
दुई ठुला कम्युनिष्ट पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भात्री संगठन राष्ट्रि युवा संघ नेपाल मोरङले सोमबार पुर्णता पाएको छ ।युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपाल मोरङको एकता पछि संघले पुर्णता पाएको हो । गत कात्र्तिक ३० र मंसिर १ गते भएको राष्ट्रि युवा संघ नेपालको सम्पन्न राष्ट्रिय एकता भेलाको निर्देशन अनुसार सोमबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यालय बैंठकको संयोजक नविन पौडेलको अध्यक्षतामा एकता टुङ्गिएको थियो ।
बैंठकले पूर्व युवा संघ नेपालबाट नविन पौडेलको संयोजकमा ८१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । सहसंयोजकमा पूर्व योङ कम्युनिष्ट लिग नेपालको तर्फबाट शंखर भट्टराईले जिम्मेवारी पाएका छन् ।
बैंठकमा संघका केन्द्रिय सदस्यहरु रविन थापा, इश्वरी आर्चाय, विजयी डाँगी, रोहित कोइराला, मुकेश बुढाथोकी, खगेन्द्र सुवेदी र जिल्ला पाटी सदस्य तथा युवा फ्याक्सन इन्चार्ज अशोक दाहाल लगाएतको उपस्थीतमा एकता टुङ्गिएको संघका संयोजक नविन पौडेलले बताए ।
त्यसैगरी बैंठकले बिराटनगर महानगरपालिका देखि बाहेक १६ वटा स्थानीय तह तथा पालिकाको संयोजक र सहसंयोजकको जिम्मेवारी दिर्दै नाम सार्वजानिक गरेको छ ।विराटनगर महानगरपालिकाको संयोजक र सहसंयोजकलाई केन्द्रिय कमिटिले टुङ्गो लगाउने भएको छ ।सुन्दरहरैचा न.पा.को संयोजकमा भुषण राई र सहसंयोजकमा मिलन लुईटेल, बेलबारी न.पा.को संयोजकमा कमल लिम्बु र सहसंयोजकमा सुदिप राई, लेटाङ न.पा.को संयोजकमा इन्द्र ढकाल र उर्गेन तामाङ रहेका छन् ।
त्यस्तै सुनबर्सी न.पा.को संयोजकमा मिलन दाहाल र सहसंयोजकमा रिकेशकुमार दास, कानेपोखरी गा.पा.को संयोजकमा कुमार फुयल र सहसंयोजकमा रचनमान गुरुङ, कटहरी गा.पाको संयोजकमा हरी राजवंशी र सहसंयोजकमा दिपेश कामत, मिक्लाजुङ गा.पा.को संयोजकमा सुशिल न्यौपाने र सहसंयोजकमा समिर राई, केराबारी गा.पा.को संयोजकमा युवराज राई र सहसंयोजकमा देवीलाल लिम्बु रहेका छन् । त्यसैगरी रतुवामाई न.पा.को संयोजकमा राम कार्की र सहसंयोजकमा मिलन पोख्रेल, पथरीशनिश्चरे न.पा.को संयोजकमा सुमन लिम्बु र सहसंयोजकमा नविन जग कार्की, उर्लाबारी न.पा.को संयोजकमा राजिब लिम्बु र सहसंयोजकमा योगेन बस्नेत, रंगेली न.पा.को संयोजकमा रामनरेश पासवान र सहसंयोजकमा बमलाल खवास रहेका छन् ।
त्यसैगरी ग्रामथान गा.पाको संयोजकमा अर्जुन गिरी र सहसंयोजकमा श्याम मगर, धनपाल गा.पा.को संयोजकमा रमेश राई र सहसंयोजकमा चन्दन शाह, जहदा गा.पा.को संयोजकमा लक्षमण राजवंशी र सहसंयोजकमा सियाराम कामत र बुढी गंगा गा.पाको संयोजकमा राजेश रावंशी र सहसंयोजकमा समिर आर्चाय रहनुभएको छ।