खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल टेलिभिजनका पूर्व महाप्रबन्ध निर्देशक तथा बरिस्ठ पत्रकार दुर्गा नाथ शर्माको निधन !


 संवाददाता   February 5, 2020   625 जनाले पढ़िसके




नेपाल टेलिभिजन बिश्व घटना कार्यक्रमका प्रस्तोता
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन !
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको भाइ लक्ष्मीनाथ शर्माले जानकारी दिए !
उनलाई केही समयदेखि मुटुमा समस्या थियो। यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो। उपचारार्थ सहिद ग‌ंगालाल राष्ट्रीय हृदयरोग केन्द्रमा ५ दिन अगाडि भर्ना गरिएका शर्मालाई मंगलबार साँझमात्र उनलाई मनमोहन क्रडियो भस्कुलर सेन्टर, शिक्षण अस्पताल ल्याइएको थियो।
इलाममा २००४ साल जेठ १४ जन्मिएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरेको थिए।नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गरेका थिए।