खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरिशनिश्चरे, लायन्स क्लब, द्वारा ४ सय बिद्यार्थीलाई स्टेशनरी बितरण


 संवाददाता   February 5, 2020   604 जनाले पढ़िसके




सामाजिक कार्यमा निरन्तरता दिदै लायन्स क्लब,लायन्स द्वारा ४ सय बिद्यार्थीलाई स्टेशनरि उपहार !

एलिना दियाली

लायन्स क्लब पथरीले एक बिध्यालयका बिद्यार्थीलाई मंगलबार स्टेशनरि उपहार स्वरुप प्रदान गरेको छ। सामाजिक कार्यमा निरन्तर तल्लिन रहेको क्लबले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८मा अवस्थित मिलन प्राथमिक बिध्यालयका बिद्यार्थीलाई चार सय थान कपि वितरण गरेको क्लबका अध्यक्ष लायन रोशन बुढाथोकीले बताउनु भयो।वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यता साथै शिक्षक महासंघ नगर अध्यक्ष अर्जुनकुमार बुढाथोकी र स्थानिय सामाजिक ब्यत्तिहरुको उपस्थिति मा स्कूलका छात्र छात्रालाई कपि वितरण गरिएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहाले लायन्स क्लबले गरेको कार्यको खुलेर तारिफ गर्नु भयो। क्लबले आफुहरुलाई कपि दिएकोले आफुहरु खुशी भएको र अध्ययन गर्न सजिलो हुने बिद्यार्थीहरुले प्रतिक्रिया दिए ।लान्यस क्लब को उदेश्य नै सामाजिक कार्य गर्नु भएकोले आफुहरु निरन्तर सेवामा लागि रहेको क्लब का अध्यक्ष रोशन बुढाथोकिले बताउनु भयो। क्लबका कोषाध्यक्ष प्रकास कार्कीद्वारा संचालित कार्यक्रम रोशन बुढाथोकी को अध्यक्षतामा भएको हो।