खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



निर्धक्क भएर हात्तीपाइलेकोऔषधि सेवन गर्नुहोस ःडा.सावन मेहेता


 संवाददाता   February 3, 2020   553 जनाले पढ़िसके




  1. निर्धक्क भएर हात्तिपाईलको औषधि सेवन गर्नुहोस ःडा.सावन मेहेता
    एलिना दियाली
    हात्ति पाईले( पाईलेरिया)रोग निवारणका लागि मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाले माघ २५ गते देखि रोग निवारण अभियान सञ्चालन गर्ने भएको छ ।गत वर्ष देश मै सबै भन्दा बढि हात्तिपाईलेको औषधि सेवन गराएर प्रशंसा पाएको भए पनि सबैले औषधि सेवन नगरेका कारण यसका जिवाणु भेटिएकोले पुनःयो अभियान सञ्चाल गर्नु परेको नगर प्रमुख दिलिप कुमार राईले बताउँनु भयो ।साथै उहाँले विश्वका सबै देशमा एकै प्रकारको औषधिको सेवन गरि हात्तिपाईले उन्मुल हुने क्रममा रहेको जानकारी दिदै औषधि प्रतिको नकरात्मक भ्रमलाई चिर्दै यस आभियानमा सहभागि हुन सबैलाई आग्रह गर्नुभयो ।
    हात्तिपाईलेको औषधि पुर्ण रुपमा सुरक्षित रहेकोले निर्धक्क भएर सेवन गर्न पथरी नगर अस्पतालका मेडिकल अधिकृत डा.सावन मेहेताले बताउनुभयो ।साथै उहाँले मानिसको शरिरमा रोगका जिवाणु भएमा औषधि सेवन गरेपछि वाक वाकी हुने,रिङ्गटा लाग्ने,टाउको दुख्ने हुनु समान्य रहेको बताउनु भयो ।
    आईतबार नगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले हात्तीपाइले रोगको औषधि खाली पेटमा सेवन गर्न नहुने जानकारी दिनुभयो । साथै .दुई वर्ष भन्दा कम उमेरका बालालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजोे, मृगौला र फोक्सोको दीर्घ रोगी, छारे रोग भएका विरामीले भने यो औषधि सेवन गर्न नहुने संयोजक आचार्यले बताउनु भयो ।
    हात्तिपाईले रोग निवारण आभियान अन्र्तगत मोरङ्ग सहित प्रदेश एकका झापा र धनकुटामा यो अभियान माघ २५ गतेबाट सञ्चाल हुदैछ ।
    ००००००००००००००००००००००००००००००००००००००००००००००००