खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गौतमबुद्ध रंगशाला निर्माणका लागि गल्छी गाउँपालिकाको १०० टिपर बालुवा सहयोग


 संवाददाता   February 2, 2020   305 जनाले पढ़िसके




चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।
गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य ३० हजार हाराहारी पर्ने बताए । उनले रंगशालालाई ३० लाख मुल्य बराबरको बालुवा सहयोग गरेको बताए ।
गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले बताए ।
भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन छ ।
रङ्गशालामा ५० करोड सङ्कलन गर्ने लक्ष्यसहित आइतबारबाट धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।
दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ । रासस