खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



झापा बाट काठमाडौं हिंडेको माइक्रो सँग बस जुद्दा ४ जनाको घटना स्थलमै निधन, ३ जनाको सनाखत !


 संवाददाता   February 2, 2020   533 जनाले पढ़िसके




भद्रपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस र बस जुध्दा चार जनाको मृत्यु ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा चार जनाको मृत्यु भएको छ ।
पोखराबाट काकडभिट्टातर्फ आइरहेको ना ६ ख ७९५ को जगदम्बा बस र भद्रपुर झापाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा झापा भद्रपुर ८ निवासी हेमराज कोइराला र डोलमाया कोइराला, धादिगं निवासी चालक दिपक खड्का र एक महिलाको सनाखत भएको छैन,७ जना घाइते घोपा क्याम्पमा उपचार हुँदै