खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरिशनिश्चरेमा गायक सुरज तामांग को साथमा २८५६ औ सोनाम ल्होछार भब्यताको साथ मानाए !


 संवाददाता   February 1, 2020   1153 जनाले पढ़िसके




पथरिशनिश्चरेमा गायक सुरज तामांग को साथमा २८५६ औ सोनाम ल्होछार भब्यताको साथ मानाए !

भ्वाइस अफ नेपाल तथा नेपाल अाइडलका दमदार प्रस्तोता साथै चर्चित गायक सुरज तामाङको साथमा आज पथरिशनिश्चरे नगरपालिकामा तामाङ् समुदायको महान चाड २८५६ औ जिवा ल्हो सोनाम ल्होछार धुमधाम सँगले तामांगहरुले मनाए, उक्त अवसरमा गायक तामाङ्ले आफ्नो उत्कृष्ट गायन प्रस्तुत गरेका थिए उन्ले बिभिन्न तामाङ् सेलो गीत सहित नेपाली डान्सिङ गीत हरु गाएर भरिपुर मनोरन्जन प्रदान गरेका थिए ! कार्यक्रम नेपाल तामाङ घेडुङ पथरिशनिश्चरे नगरको आयोजना मा समपन्न भएको थियो ! ल्होछार कार्यक्रममा प्रदेश सभा सद्स्य मानानीय सुयर्मा राज राइको प्रमुख आतिथ्य रहेको थियो भने लाक्पा योन्जन तामांगको अध्यक्षतमा कार्यक्रम संचालन गरिएको थियो सो कार्यक्रममा विभिन्न सेलो सहितका तामाङ समुदायको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो।कार्यक्रममा सहभागी अतिथि सहित सम्पुर्ण महानुभाबलाई तामाङको मौलिक परिकार खुदुङको स्वाद चखाईएको थियो।