नारायणी नदी किनारमा शुरू गरिएको एक महिना लामो महायज्ञ संचालनको एक सातामै अन्त्य गरिएको छ ।
महायज्ञको मूल वाचकका रुपमा रहेका बाल योगेश्वर महाराज बताउने विजय भण्डारीको ठगीले भरिएको विगतबारे श्रृंखलाबद्ध समाचार प्रकाशित भएपछि आयोजकले यज्ञ नै अन्त्य गरेको हो ।
एक समय आफूलाई विष्णु प्रपन्नाचार्य बताउने विजय आर्थिक ठगीको आरोपमा २०७१ पछि १८ महिना र २०७६ मा १९ दिन जेल बसेका थिए । जेलबाट निस्केपछि नाम बदलेर बाल योगेश्वर बनाएका उनीमाथि केही ठगी मुद्दा अदालतमा विचाराधिन छ ।
महायज्ञको उद्घाटन गर्न भन्दै गत शनिबार चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनः मुख्य वाचकको विवादित पृष्ठभूमी थाह पाएपछि फिर्ता भएका थिए ।