खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ललिता निवास प्रकरण ः छानबिन प्रतिवेदन सीआईबीले सरकारलाई बुझायो


 संवाददाता   February 1, 2020   259 जनाले पढ़िसके




काठमाडौको बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले राजनीतिक नेतृत्वलाई नछोई सरकारलाई प्रतिवेदन बुझाएको छ ।
कार्यादेश पाएको करीब १ वर्षमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मार्फत तालुक गृह मन्त्रालयमा बुझाईएको प्रतिवेदनमा प्रशासनिक नेतृत्वलाई मात्र कारबाही गर्न सिफारिस गरिएको छ ।
प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारबाहीको सिफारिस गरिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले बताउनुभयो ।
कारबाहीको सिफारिस परेकामा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातदेखि अवकाश प्राप्त निर्वाचन आयुक्त सुधीर कुमार शाह सहितका करीब १ सय जना उच्च अधिकारी छन् ।
बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी भएको तथ्य सार्वजनिक भएपछि अनुसन्धान गर्न सरकारले गत वर्षको फागुन २८ गते सीआईवीको एक कार्यदल गठन गरेको थियो ।
बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा राखेको आरोप लागेका नेताहरुमाथिको कारबाही बारे भने सीआईवीको अनुसन्धान प्रतिवेदन मौन छ