खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पथरिशनिश्चरे मा सोनाम ल्होछार शुभकामना आदानप्रदान साथै साङितिक कार्यक्रम सम्पन्न !


 संवाददाता   February 1, 2020   1160 जनाले पढ़िसके





सोनाम ल्होछारमा शुभकामना आदानप्रदान साथै साङितिक कार्यक्रम सम्पन्न !

एलिना दियाली

२८५६ औं तामाङ्हरुको एेतिहासिक मुसा बर्ष(जिवा ल्हो)सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान साथै साङिगितिक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम नेपाल तामाङ नगर घेदुङ संघ पथरिशनिश्चरे को आयोजनामा भएको हो ।मोरङ्को पथरीशनिश्चरे ७ लामा टाेलमा निर्माणाधिन तामाङ भवनमा भएको कार्यक्रममा प्रदेश एकका संसद माननीय सुयर्माराज राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सोनाम ल्होछारको शुभकामना दिदै प्रमुख अतिथि राईले प्रदेश सरकारले लामा टाेलमा निर्माणाधिन तामाङ भवनको लागि यो आर्थिक बर्षमा २० लाख बिनियोजन गरेको र आवश्यक परेको खण्डमा आउदो आर्थिक बर्षमा समेत सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो।तामाङहरुले आफ्नो पहिचानलाई जगेर्ना गर्ने उदेश्यले हरेक बर्ष नेपाल तामाङ घेदुङ संघले सोनाम ल्होछारको अवसरमा कार्यक्रम गर्दै आईरहेको नेपाल तामाङ नगर घेदुङ समितिका अध्यक्ष लाक्पा योन्जन तामाङ्ले बताउनु भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नम्बर १ का अध्यक्ष रेख बहादुर तामाङ पूर्व अध्यक्ष मित्रसेन योन्जन, नेपाल तामाङ घेदुङ मोरङ जिल्ला अध्यक्ष दिल बहादुर पाख्रिनको बिशिस्ट आतिथ्यता रहेको थियो।कार्यक्रममा गायक सुरज तामाङको गायान सहित विभिन्न सेलो सहितका तामाङ समुदायको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो।कार्यक्रममा सहभागी अतिथि सहित सम्पुर्ण महानुभाबलाई तामाङको मौलिक परिकार खुदुङको स्वाद चखाईएको थियो।