खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विराटनगरको नोबेलद्वारा पाँचथरमा निःशुल्क स्वास्थ्य शिविर


 संवाददाता   January 31, 2020   731 जनाले पढ़िसके




पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
शिविरमा १६ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ६ जना बिरामीको शरिरका गाँठागुँठीको शल्यक्रिया गरिएको छ । त्यस्तै १० जनाको आँखामा पलाएको जालो निकालिएको छ भने ३५ जना बिरामीको दाँत फुकालिएको छ ।
शिविरमा हाडजोर्नी र स्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामी बढी आएका छन् । गाउँ–गाउँदेखिका बिरामीहरु ३ घण्टासम्मको बाटो हिडेर उपचारका लागि शिविरमा आएका थिए । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालित छ । आवर बिराटनगर