खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सुबिधा समपन्न होटल साल्पाको विधिवत रुपमा शुभारम्भ !


 संवाददाता   January 31, 2020   715 जनाले पढ़िसके




२ करोड ५० लाखमा निर्मित होटल साल्पाको विधिवत रुपमा शुभारम्भ
एलिना दियाली
१७ माघ पथरी
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि मोरङ्गको पथरीशनिशचरे—२ बुद्ध चोकमा निर्मित होटल साल्पाको बिहिबार बाट विधिवत रुपमा शुभारम्भ गरिएको छ ।नगर प्रमुख दिलिप कुमार राई साथै उधोग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेतले रिवन काटेर २ करोड ५० लाखमा निर्मित होटल साल्पाको विधिवत रुपमा शुभारम्भ गर्नु भएको हो ।पथरीशनिश्चरे नगरमा सुविधा समपन्न होटल नभईरहेको आवश्कतालाई यस होटलले पुर्ति गरेको बताउदै नगर प्रमुख राईले उचित सेवा सुविधा दिन होटल सञ्चालकलाई आग्रह गर्नु भयो ।होटलमा खाना साथै बस्नको लागि सुविधा समपन्न एसि सहितका कोठा,कार्यक्रम गर्नको लागि उचित हल,सागिंंतीक कार्यक्रमको लागि स्टेज सहितकको कार्यक्रम स्थल,केजि सिस्टममा सेकुवाको स्वाद लिन सकिने होटलका प्रवन्ध निर्देशक अशोक साम्पाङ्ग राईले बताउनु भयो ।होटल साल्पामा होटल वरिपरीको मनमोहक दृश्यको अवलोकन गर्दे नेपाली तथा विदेशी खाना तथा खाजाको परिकारको स्वाद लिन सकिने छ !