खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरी जेसिजको ८ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्मपन !


 संवाददाता   January 31, 2020   724 जनाले पढ़िसके




पथरी जेसिजको ८ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्मपन
एलिना दियाली
१७ माघ पथरी
पथरी जेसिजको ८ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बिहिबार सम्मपन भएको छ ।पथरी जेसिजका निवर्तमान अध्यक्ष मान बहादुर दियालले बर्ष २०२० का लागि नवनिर्वाचित अध्यक्ष सन्तोष ढुङ्गगेललाई चेन लगाएर पदको हस्तान्तरण गर्नु भयो।
पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईकोे प्रमुखआतित्यथता साथै पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको विशिष्ट आतित्थता रहेको थियो ।
यस अघि भएको साधारण सभाबाट कार्यकारीणी उपाध्यक्षमा अनिता राई र ईश्वरी सापकोटा,उपाध्यक्षमा निर्मला भट्टराई,भुवन थापा,निरोज बस्नेत र राज कुमार वि.क. साथै सचिवमा आबिस्कार बस्नेत निर्वाचित भएको निर्वाचन आयुत्त टिका बिक्रम चौहानले घोषणा गर्नु भयो ।
त्यस्तै गरि कानुनि सल्लाहकारमा काँशिहाङ्ग राई,महासचिबमा सुर्वण केसि,शाखा सम्पादकमा सरोज दराल,कोषाअध्यक्षमा सुमन कुरुङ्गबाङ्ग,जन सम्पर्क अधिकारीमा नारायण गुरागाई,तालिम संयोजकमा अनोज घिमिरे साथै सञ्चार संयोजकमा एलिना दियाली मनोनित हुनु भएको छ ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय प्रकरण प्रमुख मनिष सुर्य मगर,मातृशाखा लेटाङ्ग जेसिजका अध्यक्ष तथा पुर्व अध्यक्ष,पथरी जेसिजका पुर्वअध्यक्ष साथै छिमेकी शाखाका अध्यक्ष,पुर्वअध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्मार्ट जेसिजको रुपमा निर्मला भट्टराईलाई पुरस्कृत गरिएको छ ।