खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विकासका नाममा हुने प्रकृति दोहन रोक्नुपर्छ ः पूर्वराष्ट्रपति यादव


 संवाददाता   January 29, 2020   291 जनाले पढ़िसके




पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरे ।
वनजङ्गल नेपालको सम्पत्ति भएकाले उनले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गरे। विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ,
वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ ।’ उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको दुःखेसो गरे ।
उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै भने, ‘वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ ।’
प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा. यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए। भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाइ छ ।