खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भने( ’सरकारविरुद्ध एकतर्फी खतरनाक प्रचारयुद्ध भयो’


 संवाददाता   January 29, 2020   287 जनाले पढ़िसके




प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध खतरनाक प्रचारयुद्ध भइरहेको अभिव्यक्ति दिएका छन्। काठमाडौंको प्रदर्शनी मार्ग्स्थित राष्ट्रिय सभा गृहमा शूरु भएको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युद्ध दुईतर्फी हुने गरेपनि अहिले सरकारविरुद्ध एकतर्फी प्रचारयुद्ध छेडिएको दावी गरेका हुन् ।
केही व्यक्ति र समूहले यस्तो काम गरिरहेको ओलीले ओलीले दावी गरे। संविधान जारी भएपश्चात संसदीय निर्वाचनबाट बनेको सरकारले दुई बर्षमा असाधारण काम गरेको दावी गर्दै ओलीले सबैभन्दा धेरै उपलब्धी संविधान कार्यान्वयनमा भएको उल्लेख गरे।
सरकारले वादविवादबाट नभई कामबाट नतिजा दिने गरेको प्रधानमन्त्रीको दावी थियो । ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रमाणसहित भारतलाई पत्राचार गरिएको बताए ।
प्रधानमन्त्री समेत रहेका ओलीले सीमा समस्या समाधानका लागि सरकारले आफ्नोतर्फबाट पहल र प्रयास जारी राखेको बताएका हुन् । उनले वर्तमान सरकारले राष्ट्रियताका बारेमा कसैसँग सम्झौता नगर्ने भन्दै सम्वादका माध्यमबाट सीमा समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
उनले सीमा सुरक्षाका लागि विभिन्न स्थानमा २ हजार ३५ नयाँ सीमा स्तम्भ थपिएको र एक हजार सीमा स्म्तम्भ मर्मत गरिएको उनले बताए । प्रधानमन्त्री ओलीले चीनतर्फका सीमा नाका सञ्चालनमा पनि सहमति भएको बताए । उनले आफ्नो नेतृत्वको सरकार राष्ट्रवादी र सत्यवादी भएको दावी पनि गरे ।
एमसीसीका सर्तहरुका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा लगानी हुने र लोकतान्त्रिक मुलुक हुनुपर्ने व्यवस्था अनुसार नेपालले स्वीकार गरेको बताए । ‘सन् २०१२ मा एमसीसी अन्तर्गत अमेरिकी डलर ५ सय मिलियनसम्मका छनोट गरेको हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले २०७४ भाद्र २९ मा तत्कालीन नेपाल सरकारका अर्थमन्त्रीले हस्ताक्षर गरेका बताउँदै त्यसैअनुसार ५ सय मिलियन अमेरिकी डलर अमेरिकाले प्रदान गर्ने भन्दै यो सहयोग कुनैपनि सैन्य संगठनमा नजोडिने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दाबी समेत गरे ।
बैठकमा आमन्त्रित स्थायी समिति सदस्यसहित ४४७ सदस्य सहभागी हुने नेकपाले जानकारी दिएको छ । केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी राष्ट्रिय सभा गृह, धुम्बाराही र पेरिसडाँडामा बिषयगत छलफल गर्नेछन्। नेकपाले केन्द्रीय कमिटी बैठक गर्न पाँच दिनका लागि राष्ट्रिय सभा गृहको हल भाडामा लिएको छ