खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ


 संवाददाता   January 29, 2020   234 जनाले पढ़िसके




तराई(मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो ।
नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फायरिङ गरी भारततिर भागेका थिए ।
त्सक्रममा प्रहरीले जवाफी फायरिङ् गर्दा घाइते भएपछि अलीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइते अलीको दायाँ खुट्टामा गोली लागेको छ । उनको गौर अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको छ । अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जानकारी दिएको छ ।