खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सहिद सप्ताहमा सहिद श्रेष्ठ र चन्दको शालिक अनावरण


 संवाददाता   January 29, 2020   1115 जनाले पढ़िसके




सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ। शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन्।
काठमाडौं महानगरपालिका वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ। शालिक निर्माणमा करिब १८ लाख रुपैयाँ खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन्। सहिदहरुको शालिक अनावरण गर्दै मेयर शाक्यले उनीहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पु¥याउन शालिक निर्माण गरिएको बताए।
हामी मरेर गए पनि सहिदहरुले राष्ट्रका लागि गरेको योगदान सबैले सम्झिने भएकाले महानगरपालिकाले सप्ताहको अवसरमा शालिक निर्माण गरेको उनले बताए ।
मेयर शाक्यले सहिद सप्ताहको अवसरमा सहिद गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोडको सम्झौता गरिएको पनि बताएका छन्। शाक्यले १६ गते धर्मभक्त माथेमाको सम्झनामा वडा नम्बर २३ मा धर्मभक्त स्मृति पार्कको उद्घाटन गरिने बताएका छन्।