खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काममा खटिने श्रमिकलाई ७ लाखको बीमा


 संवाददाता   January 29, 2020   266 जनाले पढ़िसके




प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काममा खटिने श्रमिकलाई सात लाखको सामूहिक कार्यस्थल बीमा गरिएको छ ।
कार्यक्रममार्फत पालिकामा रहेका रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरु मध्येबाट सय दिनको न्यूनतम रोजगारीमा खटिने श्रमिकका लागि सामूहिक कार्यस्थल सुरक्षा बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सुरक्षा बीमा नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा प्रतिव्यक्ति बिमाङ्क रकम सात लाख रुपैयाँ रहेको छ । श्रमिक काममा नियुक्ति भएको दिनदेखि नै बीमा लागू हुने र एकसय दिनसम्म कायम रहने छ ।
कार्यक्रम अवधिभर न्यूनतम रोजगारीमा खटिने कुनै श्रमिकको मृत्यु भएमा सात लाख रुपैयाँ पाउनेछन् । यस्तै अशक्त भएमा, शारीरिक अशक्तताको अवस्था अनुसारको सुविधा रकम तथा दुर्घटना भई उपचार गराउनु परेमा बढीमा एक लाख रुपैयाँसम्मको औषधोपचार सुविधा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ कार्यक्रम यो वर्ष यही माघ १ गतेदेखि २०७७ असार मसान्तसम्म कायम रहनेछ ।