खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लागुऔषधसहित प्रहरी जवान मोरङबाट पक्राउ


 संवाददाता   January 28, 2020   344 जनाले पढ़िसके




भारतको जोगवनीबाट ल्याउँदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् ।
प्रहरीले धनकुटाको पाख्रिबास १४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो । पैदल हिँडिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए । कारागार सुरक्षा गार्ड झापामा दरबन्दी भएका प्रहरी जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत छन् ।