खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चिसोका कारण पाँच जनाको मृत्यु


 संवाददाता   January 26, 2020   258 जनाले पढ़िसके




हुम्लाका विभिन्न ठाउँमा चिसोका कारण पाँच जनाको मृत्यु भएको छ । मौसमी रुघाखोकीका कारण गत २७ पुसदेखि १० माघसम्म चंखेली र सर्केगाड गाउँपालिकामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–३ उनापानिका ५५ वर्षीय रंगमल फडेरा रहेको वडाअध्यक्ष गजबहादुर रावतले बताए
यसैगरी, चंखेली गाउँपालिका– ६ मेल्छामको मासिधारा गाउँका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाहीले बताइन् ।
उपाध्यक्ष शाहीका अनुसार चिसोका कारण दम तथा अन्य दीर्घ रोग भएका बिरामी बढी संक्रमित भएका छन् । मौसमी रुघाखोकीका कारण ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन् ।
उनापानी गाउँमा औषधि नभएको र सर्केगार्ड गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि पनि सकिँदा झनै समस्या भएको स्थानीयले बताएका छन् ।
गाउँमा वृद्धवृद्धा र बालबालिका गरी ५०–६० जना बिरामी परेका छन् । समयमा उनीहरूको उपचार नभए यसले महामारीको रूप लिने देखिएको छ ।
जिल्ला अस्पतालका अनुसार दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढ्दै गए उपचारका लागि औषधि र पूर्वाधारको समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । हुम्लामा हिमपात रोकिएर घाम लागे पनि चिसो अत्यधिक बढेको छ ।