खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फिक्कलमा तीन करोड लागतमा व्यायामशाला सहितको उद्यान बन्ने


 संवाददाता   January 26, 2020   394 जनाले पढ़िसके




सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा रु तीन करोड बढीको लागतमा सार्वजनिक व्यायामशालासहितको उद्यान निर्माण गरिने भएको छ । सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा उद्यान निर्माण हुन लागिएको हो
उद्यान निर्माण गरी सञ्चालन गर्ने विषयमा फक्कलस्थित लोपोन्मुख लाप्चा समुदायको पुरातात्विक गुम्बा (फेन्सोङ) को संरक्षण र प्रवद्र्धन गर्न नगरपालिकाबीच छलफल भइ सम्झौता पनि भएको छ । उद्यान निर्माणसँगै गुम्बाको मर्मत तथा सम्भार गर्न पुरातात्विक विभागको सल्लाह सुझावअनुसार गरिने नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।
गुम्बा बाहेकका झण्डै १२ रोपनी जग्गामा सार्वजनिक व्यायामशालासहितको उद्यान निर्माण हुनेछ । सो उद्यानको सञ्चालनको जिम्मा फेन्सोङलाई दिइनेछ । संरचनाको कार्य दुई चरणमा हुनेछ । यही माघमा पहिलो चरणको बोलपत्र आह्वान हुनेछ । सूर्योदय नगरपालिकाको तर्फबाट कायममुकायम प्रमुख प्रशासकीय अधिकृत रूद्रनारायण सापकोटा र फेन्सोङ गुम्बाको तर्फबाट अध्यक्ष प्रेमबहादुर लाप्चाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, वडा नं १० का अध्यक्ष पेमाउगेन लामा, कार्यपालिका सदस्य वीरबहादुर लाप्चा, प्रशासकीय अधिकृत सविना चौलागाईं, मानवीर लाप्चालगायतको उपस्थिति थियो । सूर्योदय नगरपालिकाले लोपोन्मुख लाप्चा जातिको आस्थाको धरोहर फेन्सोङ गुम्बा क्षेत्रलाई संरक्षण, प्रवद्र्धन गर्ने हेतुले डिपिआर तयार गरी केही दिनमै निर्माण अगाडि बढाइने वडाध्यक्ष पेमा उगेन लामाले बताउनुभयो ।