खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



करिव ९० लाखको आयब्याय पारीत गदै साधारण सभा सम्पन्न


 संवाददाता   January 26, 2020   265 जनाले पढ़िसके




ईलामको तारगाउ दुग्ध उत्पादक सहकारी संस्थाको २२ हौ साधारण सभा करिव ९० लाखको आयब्यय पास गदै सम्पन्न भएको छ ।
साधारण सभाले बर्ष भरि गरिएको ८९ लाख ६७ हजार ८ सय ५३ रुपैया ३० पैसाको कारोबार गरेकोमा १ लाख ४१ हजार २ सय ११ रुपैया १२ पैसा नाफा गरेको प्रतिबेदन लेखा समितिका संयोजा योगेन्दै गड्तौलाले प्रस्तुत गरेका थिए भने संहकारीको वर्तमान ततिबिधिको बारेमा सहकारीका कोषाध्यक्ष तथा बजार ब्यवस्थापन समितिका संयोजा युवनात पौडेलले प्रष्ट पारेका थिए ।
१ सय १३ जना किसानहरु सेयर सदस्य रहेको र १ सय ७० जना किसानाहरुले दुग्ध बेच्खै आएको सो सहकारीमा दैनिक ७ देखी ८ सय लिटर दुग्ध संकलन गरि दुग्ध बिकास संस्थालाइ बेच्दै आएको छ ।
सहकारीका अध्यक्ष कमल पौडेलको अध्यक्ष्याता र वडा नं ६ का अध्यक्ष शिब कसमार बस्नेतको प्रमसख आतिथ्यतामा भएको सो कार्यक्रमा स्वागत मनतब्य उपाध्क्ष नारद सुबेदीले राखेको सहकारीका ब्यवस्थापक याम गड्तौलाले बताए ।