खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फागुनको पहिलो साता दमक फूडफेस्टिवल


 संवाददाता   January 26, 2020   484 जनाले पढ़िसके




दमकमा यहि फागुन ७ गते ११गतेसम्म छैठौ दमक फूड फेस्टिवल हुने भएको छ विगतका बर्ष यसवर्ष पनि दमकमा फूड फेस्टिवल हुने भएको आयोजक होटल व्यवसायी संघ दमकका वरिष्ठ उपाध्यक्ष शुधिर प्रधानले जानकारी दिए । भ्रमण बर्षलाई सघाँउ पुरयाँउन यसवर्ष पनि फेस्टिवललाई निरन्तरता दिईएको उनले बताए ।
फेस्टिवल दमक वसपार्क हातामा सञ्चालन हुने र त्यसका लागि आवश्यक तयारी थालिएको उनले वताए । फेस्टिवल सम्पन्न गर्न प्रधानको संयोजक पाँच सदस्यीय मूल आयोजक समिति र अन्य आधा दर्जन विभिन्न उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।
फेस्टिवल सम्पन्न गर्न संघले काजी राउतको संयोजकत्वमा प्रचार प्रसार, दिपक फूयलको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, मदन ढकालको संयोजकत्वमा आर्थिक , गणेश प्रसाद अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, कुका कुमालको संयोजकत्वमा सत्कार व्यवस्थापन उपसमिति गठन गरि काम थालिएको जनाईएको छ ।