खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पाकिस्तान का ४४४ केजी तौल भएका २७ वर्षीय युवक #हयात अरबाप# श्रीमतीकी खोजिमा, वजन कम्तिमा १०० केजी हुनु पर्ने


 संवाददाता   January 24, 2020   278 जनाले पढ़िसके




एजेन्सी । पाकिस्तानका एक युवकलाई कम्तिमा १०० किलो तौल भएको श्रीमती आवश्यकता परेको छ । उनको वजन नै यति धेरै छ की उनले आफुलाई सुहाउँदो जोडी खोजेका हुन् । पाकिस्तानी वेटलिफ्टर अरबाब खिजर हयातले आमाबुवाको नातीनातिना खेलाउने रहर पुरा गरिदिन विवाह गर्न लागेको जनाएका छन् । उनका लागि विवाहको प्रस्ताव भने नआएको होइन । उनले वजन नमिलेका कारण ३ सय वटा विवाहको प्रस्ताव अस्विकार गरेका छन् । आफ्नो शरीरसँग मिल्ने श्रीमतीको खोजी रहेको पाकिस्तानका समाचार माध्यमले जनाएका छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्दै आएका २७ वर्षीया हयातको तौल ४४४ केजी रहेको छ ।
कम्तीमा पनि सय किलो तौल भएकी श्रीमतीको खोजीमा जुटेका हयातले वजन नमिलेकै कारण तीन सय विवाहका प्रस्ताव अस्वीकार गरेको जनाएका छन् । हयातका परिवारले समेत हुनेवाला बुहारीको वजन १०० किलो हुनुपर्ने  बताएका छन् ।
६ फिट ६ इन्च उचाई भएका हयातका परिवारका अनुसार बुहारीको उचाई समेत ६ फिट चार इन्च हुनुपर्ने जनाएका छन् । हयातले आफ्नो कुनै स्वास्थ्य समस्या नभएको र विवाहको लागि त्यस्तै युवती खोजेको बताएका छन् ।
विश्वकै शक्तिशाली व्यक्तिको रेर्कड बनाउन आफूले वजन बढाउन सुरु गरेको हयातले जनाएका छन् । वजन बढाउनका लागि हयातले दैनिक हजार क्यालोरी भएको खाना खाने गरेका छन् । त्यसका लागि उनले दैनिक ३६ वटा त अण्डा मात्रै खाने गरेका छन् ।
हयातको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई धेरै मानिसले चिन्न थालेका छन् । उक्त भिडियोमा उनले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेका छन् ।