खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पाँच हजार घुससहित सैनामैना वन कार्यालयका प्रमुख पक्राउ


 संवाददाता   January 22, 2020   341 जनाले पढ़िसके




रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख ५ हजार रुपैंया घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो ।
अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको रकम लिदालिदैँ बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो । घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।