खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मापदण्ड पुरा नगर्ने एम्बुलेन्स नियन्त्रणमा


 संवाददाता   January 22, 2020   407 जनाले पढ़िसके




मानवीय सेवाका लागि अनुमति लिएर सञ्चालन गरिएका धेरै जसो एम्बुलेन्स नै बिभिन्न ठगी धन्दा र नियम विपरित भएको पाइएको छ । झापामा एम्बुलेन्स सेवा सञ्चालन समितिले गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।
समितिले झापाको दमक क्षेत्रमा गरेको अनुगमनको क्रममा एकै दिन ७ वटा एम्बुलेन्समा विभिन्न खाले कमजोरी भेटिएको थियो । यसरी मापदण्ड विपरित सञ्चालन भएका एम्बुलेन्स समितिले नियन्त्रणमा लिएको छ । समितिका सदस्य सचिव समेत रहनुभएका जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार मंगलबार १३ वटा एम्बुलेन्समा अनुगम गर्दा ७ वटा नियम बिपरित सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यि मध्ये धेरै जसोले सेवा स्वीकृत एक स्थानको लिएर अर्कै क्षेत्रमा सञ्चालन गरिएको पाइएको थियो । यस मध्ये एउटा एम्बुलेन्सले ताप्लेजुङ जिल्लामा सञ्चालन गर्ने सञ्चालन अनुमति लिएर दमकमा सञ्चालन गरिरहेको पाइएको थियो । एम्बुलेन्समा रातो अक्षरमा लेखिनु पर्नेमा कसैले हरियो लेखेको पाइएको थियो । यस्तै कुनै एम्बुलेन्समा चालकलाई फस्टेट तालिम समेत नलिएको पाइएको थियो । यसरी एम्बुलेन्स सेवा सञ्चालन निर्दे्शिका बमोजिम सञ्चालन भएका एम्बुलेन्सलाई कार्वाहीका लागि नियन्त्रणमा लिएको छ ।
धेरैले फष्ट एड बक्स ( प्राथमिक उपचार सामाग्रीको बाकस) नै नराखेको पाइएको थियो । बेजिल्ला नविकरण गर्दै जरिवाना र राजस्व समेत ठगि गरेको पाइएको थियो । भने केहीका सस्था नबीकरण नगरीएको, अक्सिजन डिलिण्डरदेखि आवश्यक बस्तु समेत नभएको पाइएको थियो ।
यसरी नियम बिपरित सञ्चालन भएको एम्बुलेन्सलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । अब आवश्यक जरिवाना र नवीकरण नभएकाले नवीकरण गर्ने आवश्यक कागजपत्र पुरा गरेरमात्र छोडिने एम्बुलेन्स सेवा सञ्चालन समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदय राना मगरले बताउनुभयो ।
मानबीय सेवामा सञ्चनलन हुने एम्बुलेन्स नै मापदण्ड बिपरित राजस्व नतिरी वेजिल्लाको नविकरण गरेर गठी गर्ने क्रम बढेर गएपछि जिल्लामा अनगमन गर्न थालिएको हो । यस अघि समेत १० वटा भन्दा एम्बुलेन्सलाई आवश्यक कार्वाही गरिएको थियो । टीकाराम उप्रेतीले गोरखापत्र अनलाइनमा लेखेका छन् ।