खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



दुई बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले


 संवाददाता   January 17, 2020   366 जनाले पढ़िसके




माघ ३, २०७६ शुक्रबार धादिङ
बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् ।
झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने दुई बच्चा बेपत्ता भएका छन् । श्रीमानको भने रेस्क्यु टोलीले तत्काल उद्धार गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।
उनीहरु आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ।
जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।