खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नगर अस्पताललाई हेल्पिङ ह्यान्ड द्वारा १५ लाख बराबरको सामाग्री सहयोग !


 संवाददाता   January 16, 2020   539 जनाले पढ़िसके




नगर अस्पताललाई हेल्पिङ ह्यान्ड द्वारा १५ लाख बराबरको सामाग्री सहयोग
एलिना दियाली
वर्क फर नेपालको समन्वयमा हेल्पिङ ह्यान्ड नामक संस्थाले पथरीशनिश्चरे नगर अस्पताललाई अस्पतालजन्य सामग्री प्रदान गरेको छ। सो संस्थाले बिहीवार एक कार्यक्रमकाको आयोजना गरि १५ लाख ४३ हजार मूल्य बराबरको अत्याधुनिक अस्पतालजन्य सामाग्री हस्तान्तरण गरेको हो। हेल्पिङ हेण्डका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर प्रमुख दिलीपकुमार राई, अस्पतालका अध्यक्ष यामप्रसाद गुरागाईं साथै स्वास्थ संयोजक मुरारी आचर्य सहितलाई सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिप कुमार राईले भर्खरै स्थापना भएको नगर अस्पताललाई संघ संस्थाहरुले सहयोग पुर्याएकोप्रति खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेको र अझै १३ कठ्ठा थप जग्गा दान गर्न तयार रहेको कुराले हौसला मिलेको बताउदै सबैको साथले नगर अस्पतालको स्तरउन्नतिको लागि सहयोग मिल्ने कुरा बताउनु भयो।कार्यक्रममा सहयोगको लागि धन्यवाद दिदै नगरपालिकाको तर्फबाट सहयोग गर्ने संस्था हेल्पिङ हेण्डलाई सम्मानपत्रले सम्मानित समेत गरिएको छ ।