खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मगर समुदायमा राजनीतिक चेतना ल्याउनु अत्तिनै आवश्यक छ ! लाल बहादुर सुस्लिङ मगर


 संवाददाता   January 15, 2020   712 जनाले पढ़िसके




मगर सामुदायमा राजनीतिक चेतना ल्याउनु अत्तिनै आवश्यक छ !
पथरिशनिश्चरे मोरंग
माघे सँक्रान्ती, मगर नयाँ (बर्ष ५०१४ औ शार ल्हेसा) बिशेष कार्यक्रम बिच पथरिशनिशचरेको मगर गुम्बा मा भब्यताको साथ मगर सामुदाय ले मनाएका छन, पथरिशनिश्चरे मगर संघले आयोजना गरेको सो कार्यक्रममा संबिधान सभाका सदस्य श्री लाल बहादुर सुस्लिङ मगरको पनि बिशेष उपस्थिती रहेको थियो! कार्यक्रम मन्तब्यको क्रममा अबको दिनमा मगर हरुमा राजनीतिक चेतना हुनु आवश्यक छ अनी मात्र मगर हरु राज्यको उच्च पदमा पुग्नेछन साथै संबिधान निती,नियम निर्माण गर्न योग्य ठहरिने छ वहाँले मन्तब्यको क्रममा जोड दिनु भयो ! कार्यक्रममा सबै उमेर समुहका मगरहरु आफ्नो मौलिक भेष भुषामा सजिएको तथा बाक्लो उपस्थिती देखिन्थ्यो,साथै कार्यक्रम अवधी भरी सस्कृतिक कार्यक्रमले भरिपूर्ण मनोरन्जन दिलाएको थियो कार्यक्रम पथरिशनिश्चरे मगर संघ का अध्यक्ष श्री टंक राना मगरको को सभापतित्वमा समपन्न भएको थियो! भने कार्यक्रम संचालन नगर सचिब खगेन पुलामी मगरले गर्नु भएको थियो !