खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल प्रहरीमा प्राविधिक पदका लागि एक हजार भन्दा बढीका लागि खुल्यो जागिर


 संवाददाता   January 15, 2020   289 जनाले पढ़िसके




नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको छ । नेपाल प्रहरीको प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको हो ।
जस अन्तरगत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ । त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ ।
त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो।