खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष शंकरलाई गृहनगरमा नौ वटा संस्थाले गर्यो सम्मान !


 संवाददाता   January 15, 2020   612 जनाले पढ़िसके




  • नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष शंकरलाई गृहनगरमा नौ वटा संस्थाले गर्यो सम्मान
    एलिना दियाली
    नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरलाई गृहनगर पथरीशनिश्चरेमा नौ वटा संस्थाले एकसाथ सम्मान गरेको छ।राष्ट्रिय अध्यक्ष शंकरलाई बुधबार जेसिअसोक शंकर जिताउ अभियान मार्फत पथरीशनिश्चरे नगरपालिका वडा न १, पञ्चायत मावि,शान्ति सामुदायिक वन,पथरी बहुमुखी क्याम्पस,हेलाे पथरी ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि,नेकपा पथरी शनिश्चरे १ वडा कमिटी,लायन्स क्लब अफ पथरी शनिश्चरे,पथरी शनिश्चरे सुनचाँदी ब्यबसायि संघ,फिटनेश क्लब पथरीले सम्मान गरेको हो।पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई,अशोक जिताउ समिती संयोजक अर्जुनकुमार बुढाथोकी,पुर्ब संविधान सदस्य,वडा अध्यक्षहरु,राजनीति दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पथरीशनिश्चरेको गरिमालाई उच्च बनाएकोमा खुशी ब्यक्त गर्दै सफल कार्यक्रमको बधाई तथा शुभकामना दिएका थिए।राष्ट्रिय अध्यक्ष शंकरले आफुलाई राष्ट्रिय अध्यक्षमा जिताउन गरेको योगदानको उच्च कदर गर्दै सहयोगि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।शंकर यहि पौष ९-१२मा चितवनको रत्न नगरमा भएको नेपाल जेसिजको ४६औं राष्ट्रिय महाधिवेशन बाट नेपाल जेसिजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो।