खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



साहारा नेपालको आयोजनामा निशुल्क अँाखा शिबिर सप्पन्न !


 संवाददाता   January 14, 2020   424 जनाले पढ़िसके




साहारा नेपालको आयोजनामा निशुल्क अँाखा शिबिर
सप्पन्न
एलिना दियाली
साहारा नेपाल साकोसको आयोजना एक दिने निशुल्क अँाखा शिबिर मंगलबार सम्पन्न भएको छ।पथरी बहुमुखी क्याम्पसको सहाअयोजना तथा मेचि अँाखा अस्पताल बिर्तामोड को प्राबिधिक सहयोगमा क्याम्पसको प्राङ्गणमा भएको शिबिरमा २०३ जनाको अँाखा परिक्षण गरिएको छ।१५१ महिला र ५२ पुरुषको अँाखा परिक्षण गरिएकोमा ३३ जनाको मोतिया बिन्दु को अप्रेसन गर्नु पर्ने, ६०जनालाई चस्माको लागि सिफारिस गरिएको र ३० जनालाई सहुलियत दरमा चस्मा वितरण गरिएको छ।अप्रेसन गर्नु पर्ने बिरामिको बुधबार निशुल्क रुपमा मेची अँाखाअस्पतालमा गरिने जनाईएको छ।आफ्ना सेयर सदस्य साथै सर्बसाधारण जनतालाई मध्य नजर गर्दै हरेक बर्ष साहारा नेपाल साकोसले अँाखा शिबिर गर्दै आईरहेको सो सस्थाको प्रमुख चन्द्रकला खातीले जानकारी दिनुभयो।अँाखा संबेदनसिल अङ्ग भएकोले येसको सुरक्षाको लागि समय समयमा परिक्षण गर्न चिकित्सकहरुले सल्लाह दिनुभएको छ।