खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लायन्स क्लबद्वारा बिद्यार्थीलाई स्विटर वितरण !


 संवाददाता   January 13, 2020   417 जनाले पढ़िसके





लायन्स क्लबद्वारा बिद्यार्थीलाई स्विटर वितरण !
एलिना दियाली
लान्यन्स क्लब अफ बिराटनगर एक्टिभले मोरङको पथरीशनिश्चरे वडा नम्बर ८ मा रहेको दुर्गा आधारभुत बिध्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरेको छ।चिसो मौसममा बालबालिकालाई बिध्यालय आउन सहज होस भन्ने उदेश्यले स्विटर प्रदान गरिएको सो क्लब कि अध्यक्ष बैजन्ती पालिखेले जानकारी दिनु भयो।बिध्यालयका सम्पुर्ण २०८ जना बिद्यार्थीलाई एकै प्रकारको स्विटर वितरण गरिएको हो।समाज सेवि एबम राजनितीज्ञ युबराज बास्काेटाले लायन्स क्लबले समाज सेवा गर्दै आएकोमा खुशि व्यक्त गर्दै बिद्यार्थीहरु चिसोकै कारण बिध्यालय आउने समस्याको अन्त्य भैइ शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नु भयो।कार्यक्रमा सेकेन्ड भाईस िडसटिक गभर्नर रेवत बहादुर कार्कि,पास्ट िडसटिक गभर्नर लिला कुमार ढुङ्गगेल,लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी,कोषाअध्यक्ष प्रकाश कार्की साथै सो क्लबका लायन्स पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।