खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोशीमा बर्षेनी घट्दैछन् जलचरा


 संवाददाता   January 13, 2020   326 जनाले पढ़िसके




कोशीमा २०७३ मा ५७ प्रजातिका ८ हजार ५ सय ६१ चरा देखिएकोमा २०७४ मा ५५ प्रजातिका ५ हजार ९ सय ६४ मात्र चरा देखियो । ७३ सालको तुलनामा ७४ सालमा ठुलो संख्यामा चरा कम देखियो । पुन २०७५ को गणनामा ५२ प्रजातिका ६ हजार ९ सय ५९ सय जलचरा देखिएको कोशीमा चराको संख्या भने घट्दो छ ।
कोशी टप्पु र आसपासको क्षेत्रमा वर्षेनी जलपंक्षीको संख्या घट्दै गएको छ । २५ पुसबाट शुरु भएको पाँचदिने पक्षी गणनाका मध्यअवधि सम्ममा कोशीमा जलपक्षीको संख्या घट्दो पाइएको हो । बराहक्षेत्रस्थित कोशी नदीको पुलबाट शुरु भएको गणनामा गएका वर्षहरूमा जस्तो ठूलो झुण्डमा चरा बसेको देखिएन ।
“पहिलो सयौंको संख्यामा एउटै झुण्डमा चरा देखिन्थे, अहिले साना साना झुण्डमा मात्रै पाइयो”, समाजका अध्यक्ष अनिश तिम्सिनाले भने । ३२ वर्षदेखि पुस महीनामा कोशी टप्पुमा चरा गणना हुँदै आएको छ । चराविद्हरूका अनुसार साइबेरियादेखि उडेर आउने चराको बासस्थानमा मानव अतिक्रमण बढेकाले कोशीमा चराको संख्या घट्दै गएको छ ।
कोशी किनारका चराका बासस्थानमा चौपाया चराउने र माछा मार्नेहरूका कारण हिमालपारिबाट आउने चरा भारततर्फ जाने गरेका छन् । कपुररीन्युज