खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शैक्षिक अभियानता द्वारा बिद्यालयलाई शैक्षिक सामग्री वितरण,


 संवाददाता   January 13, 2020   751 जनाले पढ़िसके




  1. शैक्षिक अभियानता द्वारा बिद्यालयलाई शैक्षिक सामग्री वितरण,
    एलिना दियाली,
    शैक्षिक अभियानताले मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा रहेको सामाजिक आधारभुत बिधयालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।अभियान्ताहरुको अभियान,शिक्षा दान सर्बदान भन्ने मुल नारा सहित शिक्षाको क्षेत्रमा योगदान दिदै आउनुभएका सो अभियानका सम्योजक प्रदिप कुमार राईको पहलमा बिद्यालयलाई ३२ ईन्चको एलई िड टिभि,१० वटा फेन,१४८ थान स्विटर र ट्राउजर सहित शैक्षिक सामग्री वितरण गरिएको हो।शिक्षामा उचित लगानि गर्न सकेको खण्डमा मात्र समाजको बिकास हुने र समाजको बिकास भएपछी मात्र देशको बिकास हुने भएकोले सहयोग गर्दै आईरहेको अभियानता राईले बताउनु भयो। साथै गर्मी र जाडाे कै कारण विद्यार्थीको पढाईमा असर नपरोस भन्ने उदेश्यले शैक्षिक अभियानता राई सङै सहयोगी मनहरु अशोक हुक्पा चोङ्बाङ, गणेश थक्लुङ,सहारा लिम्बू,सुमन कुरुङ्बाङ सहित अन्य ब्यक्तिको सहयोगमा सो शैक्षिक सामाग्री वितरण गरिएको जनाईएको छ।कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले उत्कृष्ट कार्य गरेकोमा अभियानतालाई प्रसंसा गर्दै शिक्षकहरुलाई आफ्नो उत्तरदायित्व सहि तरिकाले पूरा गर्न आग्रह गर्नु भयो।कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष डम्बर बहादुर चेम्जोङ,लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी,पथरी जेसिजका अध्यक्ष सन्तोष ढुङ्गेल,लगायत शैक्षिक अभियानताहरुको उपस्थिति रहेको थियो।शैक्षिक अभियानताहरु प्रदिप कुमार राई,अशोक हुक्पा चोङ्बाङ,गणेश थक्लुङ,सुमन कुरुङ्बाङ,सहाराअशोक हुक्पा चोङ्वाङ लिम्बू, लिम्बु ,अशोक हुक्पा चोङ्वाङ लिम्बू,ईन्द्रमाया लिम्बु,पर्शु गुरुङ,सुजन सुब्बालाई बिद्ययालय ब्यस्थापन समिति अध्यक्ष श्रीप्रसाद तुम्वापो, प्रधानाध्यापक शंकरकुमार धिमाल सहितले विद्यालयकोतर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।