खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ओमानका सुल्तानको निधन


 संवाददाता   January 11, 2020   257 जनाले पढ़िसके




ओमानका सुल्तान कबुस विन सैद अल सैदको ७९ वर्षको उमरमा निधन भएको छ । अरब मुलुकका सबैभन्दा बढी समय सत्तामा रहेका ओमानका सुल्तानले ५० वर्ष शासन गरेका थिए ।
सन् १९७० मा आफ्ना बुबा माथि नै कु गर्दै बेलायतको सहयोगमा उनले सत्ता कब्जा गरेका थिए । ओमानमा तेल उत्पादनलाई महत्वपूर्ण आर्थिक श्रोतको माध्यम बनाएर उनैले विकासको गती दिएको बीबीसीले उल्लेख गरेको छ । बेल्जियममा क्यान्सरको उपचारका क्रममा उनको निधन भएको हो
सुल्तानको निधन प्रति शोक मनाउँदै ओमानमा ३ दिनको शोक घोषणा गरिएको छ । आगामी तिन दिन भित्र ओमानको नयाँ शुल्तान नियुक्त गर्नुपर्ने प्रावधान अनुसार प्रक्रिया अघि बढाईएको छ ।
राजपरिवारले चयन गर्न सफल नभए ओमानको रक्षा परिषद , सर्वोच्च अदालत, राज्य परिषद, र परामर्श परिषदले संयुक्त रुपमा स्वर्गीय सुल्तानले उल्लेख गरे अनुसारका ब्यक्तिलाई राजकाज सुम्पिने व्यवस्था छ ।