खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



झापाका दुई स्थानीय तहमा आइतबार सार्वजनिक बिदा


 संवाददाता   January 11, 2020   223 जनाले पढ़िसके




झापाका दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन्।
कचनकवलले आफ्ना नीति तथा कार्यक्रममै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा दिने निर्णय गरेको र सोहीअनुसार बिदा दिइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।
त्यस्तै, हल्दिबारीले शुक्रवार सबै जनप्रतिनिधिको सहमतिमा पुस २७ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले जानकारी दिए।
‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन, उहाँको जन्म जयन्तीमा स्थानीय तहले मात्र होइन सरकारले नै बिदा दिनुपर्ने हो,’ अध्यक्ष लिङदेनले भने।