खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बिद्यार्थी कक्षा कोठा भित्रै छाता अोड्छन, स्कूलको छानोले हिउदे पानी छेकेन,


 संवाददाता   January 10, 2020   357 जनाले पढ़िसके




रोल्पा – विद्यालयको छानो चुहिने भएपछि रोल्पाको एक विद्यालयका विद्यार्थीहरु कक्षा कोठाभित्रै छाता ओढेर पढ्न बाध्य भएका छन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिका १ को राङजात रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यायलयको छानो मर्मत नहुँदा कठ्याङ्ग्रिदो जाडोमा सबैजसो कक्षाकोठाका विद्यार्थी छाता ओढेर पढ्न बाध्य भएका हुन् ।
जस्तापाता फेर्न पटक–पटक पालिकासँग माग गरेको भए पनि सुनुवाइ नहुँदा विद्यार्थीहरुले सास्ती भोग्नु परेको विद्यालयका प्रधानाध्यापक झक्कु ओलीले गुनासो गर्नुभयो । ‘वडा र गाउँपालिकामा माग गरेका छौँ तर सहयोग भएको छैन’, ओलीले भन्नुभयो, ‘चिसोमा विद्यार्थीको बिजोग भएको छ ।’
यसअघिको वर्षा सुरु नहुँदै जस्तापाता माग गरेको विद्यालयले अहिलेसम्म पनि छानो फेर्न पाएको छैन । भवन पनि जीर्ण अवस्थामा रहेको छ । पानी चुहिने समस्या मात्र नभएर भवन नै भत्किने हो कि ? भन्ने चिन्ता रहेको शिक्षकहरु बताउँछन् ।
सभार