खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कार्यक्रमको लागी कोरिया पुगेकी कलाकार, डिजे, रेजिना याक्खा राई भागे पछी आयोजक तनाबमा,


 संवाददाता   January 9, 2020   328 जनाले पढ़िसके




नेपालवाट कोरिया आमन्त्रित डिजे (DJ-ZYN) रेजिना याक्खा राई केही दिन देखी आयोजकको सम्पर्क बाहिर रहेकी छन।DJ-ZYN कोरियाको किम्हे मा सञ्चालित क्लब लुम्बिनी एण्ड लाईभ बार को ओपनिङ्ग प्रोग्रामको लागि C4 (कलाकारको लागि) भिषामा कोरिया आएकी थिईन् ।कार्यक्रम सकेपश्चात जनवरी ३ मा नेपाल जानुपर्ने उनी जनवरी १ राती नै आयोजकको सम्पर्कबाट बाहिरिएकी हुन।
आयोजकको सम्पर्क बाट बाहिर भए लगत्तै उनले आफ्नो फेशबुक अकाउन्ट समेत डिएक्टिभेट गरेकी छन।जनवरी ३ मा भिषा समाप्त भएसंगै उनी कोरियामा अहिले अबैधानीक भईसकेकी छन।भिषा सकिएपछी पनि उनी नेपाल नफर्किएपछी आयोजक चिन्तित रहेको जनाएका छन।गत नोभेम्बर ९,२०१९ मा क्लब लुम्विनी एन्ड लाईभ बारको ओपनीङको लागी आएकी उनी यतै भागेपछी आयोजक थप चिन्तित बनेको हो।
साथै यदि DJ-ZYN सम्पर्कमा नआउने र ओभर स्टे रहेको खण्डमा कोरियाले कलाकारको लागि दिने भिषामा कडाई पनि गर्ने सम्भावना रहेको हुँदा सम्पूर्ण कोरियामा रहेका नेपाली संघसंस्थाहरुलाई पनि कार्यक्रम गर्नको लागि भविष्यमा समस्या पर्न सक्ने भन्दै क्लब लुम्बिनीका सञ्चालक परी गुरुङ्गले चिन्ता ब्यक्त गरेकी छन् ।
साथै उनलाई कोरयामा कहीकतै देख्नुभएमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गराईदिनुहुन उहाँले आह्वान गर्नुभएको छ।सम्पर्क नम्बर 01030385696,01029205696