खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई आज चीन पठाइँदै


 संवाददाता   January 8, 2020   225 जनाले पढ़िसके




सरकारले काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई मङ्गलबार चीन पठाउने तयारी गरिरहेको छ ।
४२ जनालाई पहिलो समूहमा चाइनाइस्टन एयरको विमानबाट दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकी अरुलाई ६ बजेर ५५ मिनेटमा साउदन एयरवेजबाट चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दुर्व्यवहार मुद्दामा एक हजार रुपैयाँ जरिबाना लिएर छाड्ने आदेश दिएसँगै कारबाहीको जिम्मेवारी अध्यागमन विभागमा पुगेको थियो ।
विभागले उनीहरुको भिसा अनुसन्धान गर्दा दुरुपयोग नभएको देखिएको र प्रहरीको अनुसन्धानले पनि ठूलो अपराध नगरेको देखाएकोले चीन पठाउन लागिएको विभागका महानिर्देशक पौडेलले बताउनु भयो ।
विभागले उनीहरुको भिसा रद्द गरिदिएको छ । यस्तै चिनियाँ दूतावासले उनीहरुको राहदानी पनि रद्द गरिदिएको छ । उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि कालोसूचीमा राखिएको पनि अध्यागमन विभागले जनाएको छ ।
उनीहरुलाई चीन पठाउन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको विभागका महानिर्देशक पौडेलको भनाक्ष छ । उनीहरुलाई चीन लैजान विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् । उनीहरु गएको पुस ७ गते काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका थिए ।